You are viewing the translated version of आदिवासी जनजातिको जाति वा समदाय सिफारिस प्रक्रिया.

Rule 7
आदिवासी जनजातिको जाति वा समदाय सिफारिस प्रक्रिया
: (१) आदिवासी जनजातिको जाति वा समुदाय सिफारिस गर्नका लागि आयोगले देहाय बमोजिमको समिति गठन गर्न सक्नेछ:-
(क) आयोगले तोकेको सदस्य -संयोजक
(ख) आयोगले मनोनयन गरेको इतिहासविद्‌ वा संस्कृतिविद्‌
एक जना -सदस्य
(ग) आयोगले मनोनयन गरेको मानवशास्त्री वा समाजशास्त्री
एक जना -सदस्य
(घ) आयोगले मनोनयन गरेको भाषाविज्ञ एक जना -सदस्य
(ङ) आयोगले तोकेको आयोगको राजपत्राङ्कित कर्मचारी -सदस्य-सचिव
(२) उपनियम (१) को खण्ड (ख),
(ग) वा (घ) बमोजिमको सदस्य हुन मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा न्यूनतम दश वर्ष अध्ययन अनुसन्धान गरी विज्ञता हासिल गरेको हुनु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको समितिले आफ्नो मातृभाषा र परम्परा, रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान र सामाजिक संरचना तथा लिखित वा अलिखित इतिहास भएको आधारमा आदिवासी जनजातिको जाति वा समुदायको रुपमा तोक्न सिफारिस सहितको प्रतिवेदन आयोगले तोकेको समय सीमा भित्र आयोगमा पेश गर्नु पर्नेछ।